• TOKHA LIVE

    • ७ मंसिर २०७८, मंगलवार १९:२९

    ग्रीसमा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु

    डेली मेल । अघिल्लो साता टर्कीबाट ग्रीस छिर्ने क्रममा एउटा सवारी साधन दुर्घटनामा परेको छ । जसमा सवार १० जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना नेपाली नागरिक पनि रहेको बताईएको छ । स्थानीय संचारमाध्यमका अनुसार यो साधन अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको थियो । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

    बेलायती सञ्चारमाध्यम डेली मेलले लेखे अनुसार मृतक भएका मध्ये चार पाकिस्तानी र ३५ वर्षीय चालक छन् । दुर्घटना ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा भएको हो । ग्रीस प्रहरीका अनुसार उनीहरू सबै संगठित मानव तस्करले अवैध रूपमा टर्कीबाट ग्रीस छिराउन खोजेका नागरिक थिए ।

    सो दुर्घटनामा पर्ने नेपाली को हुन र कहाँ जान लागेका थिए भन्ने खुलेको छैन । नेपालीले टर्कीको बाटो हुँदै ग्रीस अनि अवैध रूपले पोर्चुगाल यूरोप छिर्ने गरेको समाचार बेला बेला आउने गरेका थिए । मानव तस्करले २५ लाख रुपैयाँसम्म लिएर नेपालीलाई यूरोप छिराउने गरेको बेला बखत गुनासो सुनिन्छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै