• TOKHA LIVE

    • ५ मंसिर २०७८, आईतवार १९:३७

    काठमाडौं विश्वकै १३ औं प्रदूषित सहर

    टोखा लाइभ/ मंसिर ५,२०७८

    काठमाडौं। नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको १३ औं नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो । नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ ।

    यद्यपि, आइतवार बिहान काठमाडौंमावपिएम-२.३ को मात्रा प्रतिघन्टा १५४ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमांडौंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

    दोस्रोमा भारतको राजधानी नयाँदिल्ली, तेस्रो मा बांग्लादेशको राजधानी ढाका , चौंठो मा भारतकै कलकता , पॉचौंमा द. कोरियाको राजधानी सोल , छैटौँमा द. कोरिया का शहर इन्चुन , सातौँमा चीनको सेनयॉग शहर ढाका र १३ औं मा नेपालको काठमाडौं रहेको छ ।

    नेपालका यी सहर रेडजोनमा :

    नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।

    आइतवार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । पिएम२.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।

    धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै