• TOKHA LIVE

    • २५ कार्तिक २०७८, बिहीबार ०७:२७

    जनगणनाको सुरुवात राष्ट्रपतिको तथ्यांक संकलनबाट गरिने

    टाेखालाइभ/कात्तिक २५, २०७८
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ । आज बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    आज बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ । विभागले हिजो गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको र आज देखि देखि १५ दिनसम्म जनगणना कार्य हुने बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै