• TOKHA LIVE

    • १६ कार्तिक २०७८, मंगलवार २०:०१

    नेपाली कांग्रेस टोखा २ ईकाईको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ कार्तिक १६, २०७८

    नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ इकाइले शुभकामना आदान-प्रदानमा क्रियाशील सदस्यहरुलाई धन्यवाद तथा प्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार टोखा नगरपालिकाको तलेजु मन्दिर परिषद (क्वाखल) मा आयोजित एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका जिल्ला सभापति सबुज कृष्ण बानिया रहेका थिए। भने विशेष अतिथीको रुपमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ का सभापति रमेश कुमार खड्का रहेको थियो। अतिथिमा प्रदेश सभाका सभासद भिमसेन खत्री, र महिला क्षेत्रका सभासद भवानी केसी रहेका थिए। टोखा नगरपालिका वडा नं २ इकाइका सभापति हेराकाजी महर्जन डंगोलको सभापतिमा कार्यक्रम सञ्चालन गरेको थियो।

    शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका महासमितिका सदस्यहरु, अधिवेशनका प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, वडाका वडा सभापतिहरु, वडाका वडा अध्यक्षहरु, विभिन्न तह उपत्यकामा रहेका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाली काँग्रेस टोखा नगरपालिका वडा २ का इकाई सभापति हेराकाजी महर्जन डंगोलको अध्यक्षता सम्पन्न कार्यक्रम संचालन इकाई सचिव निरञ्जन श्रेष्ठले गरेका थिए।

    राष्ट्रिय गान सँगै सुरु भएको कार्यक्रममा २ मिनेट मौन धारण गरी इकाई सभापति हेराकाजी महर्जन डंगोलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति सबुज कृष्ण बानियाले आउँदै गरेका चाड पर्वहरूको शुभकामना व्यक्त गरेका थिए। उनले नेपाली कांग्रेसमा सहमति सहकार्य र एकता हुनुपर्ने बताए। कार्यक्रमका विशिष्ट अतिथि काठमाडौ क्षेत्र नं ५ का सभापति रमेश कुमार खड्का, टोखा नगरका सभापति ओम कृष्ण विमली, टोखा वडा नं २का वडा अध्यक्ष दीपक राज जोशी, मनिष जोशी लगायतले शुभकामना दिएका थिए।

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै