• TOKHA LIVE

    • १४ कार्तिक २०७८, आईतवार ०७:५९

    सेभ नेवाः भ्यालीका संस्थापक शैलेस द्वारा स्रष्टाहरू सम्मान गरिने

    टोखा लाइभ ।२०७८ कार्तिक १४ गते ।

    काठमाडौं। सेभ नेवाः भ्यालीका अभियन्ता शैलेश शाक्यले नेपाल संवत ११४२ को पावन अवसरमा विभिन्न राजनीतिक, सामाजिक ,सांस्कृतिक र मानवाधिकार क्षेत्रमा योगदान दिनु भएका स्रष्टाहरूलाई मंगलवार सम्मान गर्ने भएको छ।

    नेपालीहरूको महान चाडपर्व तिहार र नेपाल संवत ११४२ को अवसरमा शैलेसले सामूहिक रूपमा स्रष्टाहरूलाई लगन टोलमा सम्मान गर्न लागेका हुन। आजभन्दा ११४१ वर्ष अगाडि शंखधर साख्वाःले नेपालमा ऋणमा डुबेका नेपालीहरूको ऋणमोचन गरी नेपाल संवत् स्थापना गर्नुभएको थियो । नेपाल संवत् मल्लकालमा व्यापक प्रयोग भए पनि राणाकालमा यस संवत्लाई विस्थापन गर्न भारतका विक्रमाद्वित्यले स्थापना गरेको विक्रम संवतलाई प्रचलनमा ल्यायो । उक्त कदमप्रति चित्त बुझाउन नसेकेर त्यसताका पनि अग्रजहरूले राणाकालमा पनि नेपाल संवतलाई प्रतिस्थापन गर्न आन्दोलन गर्नुभएको थियो । तर नेपाल संवत्लाई अङ्गीकार गर्ने सवालमा राजनीतिक नेतृत्वले अहिले सम्म चासो दिएको छैन ।

    त्यसकारण नेपालमा प्रादुर्भाव भएको नेपाल संवत् नै व्यवहारमा प्रयोगमा ल्याउन सकेमा राष्ट्रियता बलियो हुने शैलेसले टोखा लाइभ लाई बताउनु भयो।

    शैलेसले जानकारी दिए अनुसार, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बौद्ध धर्मका विद्वान ज्ञानमान शाक्यलाई विशेष सम्मान गर्ने भएका छन्।यसैगरी सो कार्यक्रममा बागमति सरसराई अभियानमा होमिएका सुन्दरमान श्रेष्ठ अर्थात् बागमति भाई द्वारा लिखित पुस्तक “ शंखधर साख्वा” पुस्तक पनि विमोचन गरिने भएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै