टाेखालाइभ डट कम/कात्तिक ७,२०७८
काठमाडौं /टोखामा जारी फुटबल प्रतियोगिताको नयाँ विजेता साविक वडा ३ मालुङ बनेको छ।टोखा नगरपालिका वडा नम्बर १ अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको टोलस्तरीय खेलको अन्तिम खेल आइतबार सम्पन्न भएको छ। गत असोज १६ गतेदेखि सुरु भएको साविक वडास्तरीय फुटबल प्रतियोगितामा २७ गतेसम्म सेमिफाइनल अन्तर्गतको खेल भएको थियोे भने आइतबार फाइनल खेल सम्पन्न भएको छ।
फाइनल खेल अन्तर्गत मालुङ र बोडुगाउँ अर्थात साविक वडा नम्बर १ र ३ बीच निक्कै रोमाञ्चक खेल भएको थियोे ।
टोखा नगरपालिका वडा ३ स्थित भूतखेल मैदानमा सम्पन्न खेलमा बौडेगाउँलाई २ गोलको अन्तरले जित दिलाउदै मालुङले उपाधी कब्जा गरेको हो।
साविक वडा नम्बर १ र वडा नम्बर ३ बीच भएको फाइनल खेलमा प्रतियोगिताको सुरु देखि नै उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नम्बर ३ मालुङका खेलाडी निकेश महर्जन म्यान अफ दि म्याच बन्न सफल भएका थिए ।
टाेखा नगरपालिका वडा १ मा टाेखा नगरपालिकाकाे सहयाेग तथा राधा कृष्ण युवा क्लबकाे संयुक्तरूपमा आयाेजनामा भएकाे साबिक गाउँ बिकास समिती झोरको साविक वडास्तरीय फुटबल प्रतियोगिताकाे बिजेता टिमलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उप- प्रमुख ज्ञानमाया डंगाेल र वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले प्रतियोगिताको विजेता मालुङ्गलाई ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी याे प्रतियाेगितामा साबिक १,२,३,४,५,६,७, ८ र ९ वडाका खेलाडीहरु ,टिम मेनेनजर र प्रशिक्षकहरु लगायत खेल प्रेमीहरु उत्साहजनक सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा टोखा नगरका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङोल र वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।फाेटाे सौजन्य: साझापथ

