• TOKHA LIVE

    • ७ कार्तिक २०७८, आईतवार ११:५५

    काठमाडौं आउँदै गरेको बसमा गजुरी आइपुग्दा आगलागी, सामान जलेर नष्ट

    टोखा लाइभ ।२०७८ कार्तिक ७ गते

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरकाे यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

    छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ।

    बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

    राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। रासस

    Facebook Comments

    छुटाउनुभयो कि? सबै