• TOKHA LIVE

    • ५ कार्तिक २०७८, शुक्रबार १६:३६

    कोभिडबाट विश्वभर १ लाख २० हजार स्वास्थ्यकर्मीको निधन

    टाेखालाइभ/ कार्तिक ५,२०७८
    एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ।

    कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनामा उनीहरुको मृत्यु भएको हो।

    विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ। ‘हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले पूर्ण खोप लगाएको ११९ देशमा संकलन गरिएको तथ्यांकले देखाएको छ,’ डा. टेड्रोसले भने।

     

    ‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए।

    यसअघि डब्लूएचओका अर्का बरिष्ठ अधिकारीले खोप अभावमा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहने चेतावनी दिएका थिए।खोप वितरणमा देखिएको असमानताका कारण स्वास्थ्यकर्मीको मृत्यु पनि महादेशअनुसार फरक फरक रहेको जनाइएको छ।तथ्यांकअनुसार अफ्रिकामा हरेक १० स्वास्थ्यकर्मीमध्ये मुश्किलले एक जनाले खोप लगाएका छन् जबकी उच्च आय भएका देशमा १० स्वास्थकर्मीमध्ये आठ जनाले खोप लगाएका छन्।

    अफ्रिकी महादेशमा ५ प्रतिशत भन्दा थोरै जनसंख्याले खोप लगाएका छन भने अन्य महादेशमा ४८ प्रतिशतले खोप लगाएका छन् । उच्च र मझौला आय भएका देशका धेरै मानिसमा खोपको पहुँच भएको डब्लूएचओको भनाई छ।

    विश्वभर लगाइएको कूल खोप परिणाममध्ये अफ्रिकामा जम्मा २ दशमलब ६ प्रतिशतले लगाएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै