• TOKHA LIVE

    • ४ कार्तिक २०७८, बिहीबार १९:३१

    बाढी पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति भण्डारीद्धारा दुख व्यक्त

    टाेखालाइभ/ कात्तिक४,२०७८
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै अविरल बर्षाका कारण मुलुकका बिभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘विपदको यस दुखद घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण, बेपत्ताको खोजीकार्यमा लाग्न आग्रह गर्दछु ।’
    प्राकृतिक विपदको यो घडीमा शोक सन्तप्त पिडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै विपत्तिबाट बच्न सवैले सावधानी अपनाउनुपर्ने उहाँको सुझाब छ ।

    केहि दिन देखि भएको अविरल बेमौसमी बर्षाबाट आएको बाढीपहिरो र डुबानबाट अहिलेसम्म देशभर ८८ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै