• TOKHA LIVE

    • २ कार्तिक २०७८, मंगलवार १४:४८

    महाकाली नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च, शारदा व्यारेजमा आवतजावतमा रोक

    २ कात्तिक, २०७८
    काठमाडौं । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको छ । बाढीका कारण शारदा ब्यारेजको बनबासा पुलमा आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार महाकालीमा आज बिहान पानीको बहाव पाँच लाख दुई सय क्युसेक मापन गरिएको छ ।

    सय वर्ष पुरानो पुल जीर्ण भएका कारण महाकाली नदीमा मंगलबार बिहान ९ बजेसम्म पानीको बहाब पाँच लाख क्युसेक नाघेपछि आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो ।

    महाकालीमा आएको बाढीले तटिय क्षेत्रका भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म भुजेला, ऐरी, दोधाराचाँदनी, खल्ला मुसेठी लगायतका क्षेत्रमा डुबान गरेको छ भने बन्दै गरेको महाकाली पुलको चारलेन सडक र बाँधमा कटान गरिरहेको छ ।

    स्थानीय प्रशासनले महाकाली नदीमा बाढी अझै बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्क रहनसमेत सूचित गरेको छ ।

    महाकाली नदीले चारलेन सडक कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको छ । महाकाली नदीमा पानीकोे बहाब धेरै हुँदा एकसय मिटर पक्की सडक बगाएको छ । यसले ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया, भुजेला लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै