• TOKHA LIVE

    • १ कार्तिक २०७८, सोमबार ०६:३२

    दशैं र तिहारलाई लक्षित गर्दै ओम शंकरको ‘च च हुई’बोलको भिडियो सार्वजनिक

    टोखा लाइभ ।कार्तिक १ , २०७८

    काठमाडौं । बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले पहिलो एलबमको पहिलो गीत सार्वजनिक गरेको हो ।

    भिडियोमा समुदायबाट हराउदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ । ओम शंकर नेपाली गीतिकारितामा स्थापित नाम हो । गन्तिमा आउने सबै गायक÷गायिका र संगीतकारहरुले उनका शब्दसँग खेल्ने मौका पाइसकेका छन् । सिंगो जीवन नै गीतिकारितामा सुम्पेका ओम शंकरको सम्झेर ल्याउँदा हरेक कुरा, ऑखा मेरो नबोलि दिए, कहिले वारी , कहिले पारी जस्ता हिट गीतहरू दिईसकेका छन। ओम शंकर भावनामा राम्ररी पौडी खेल्न सक्छन् । भावनासँग खेल्दा खेल्दै नेपाली गीतिकारितामा कुशल गीतकारको परिचय बनेको छ । दुई चार टुटेफुटेका शब्द कोरेर आफूलाई ठूलै गीतकार बताउँदै हिड्नेको हुलमा ओम शंकर पर्दैनन् । त्यसैले ओम शंकर सच्चा गीतकार हुन् । तीन दशकदेखि नेपाली गीतको सेवा गर्दै आएका ओम शंकर श्रोता र पाठकको सदासयताको अपेक्षा भने राख्छन् । जसले श्रोता र पाठकको माया
    सद्भाव पाउँछ त्यो नै सफल गीतकार मानिन्छ ।

    भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिबास थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापा मगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाको अभिनय छ ।

    त्यस्तै भिडियोमा बाल कलाकारहरु अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतको पनि अभिनय छ । भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ ।

    अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको भिडियोमा आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ ।व्याण्डका संस्थापक अशोक थापाले व्याण्डले १९७४ एडी, अलबर्टोस, मंगोलियन हार्ट, मन्त्र, सबिन राई, द एज व्याण्डलगायतसँग स्टेज सहकार्य गरिसकेको बताए ।

    यो व्याण्ड २०१६ सालमा स्थापना भएको हो । ‘यो गीतमार्फत हामीले दर्शकलाई दशैं र तिहारको समयमा परम्परादेखि चल्दै आएको लिंगे पिङ संस्कृतिलाई जोगाइरहनुपर्ने सन्देश दिएका छौं’, थापाले भने ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै