टोखा लाइभ ।२०७८ असोज २७ गते ।
काठमाडौं । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच १-१ गोलको बराबरीमा टुङ्गिएको छ । योसँगै नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल स्थान बनाएको छ ।

माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो ।

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा बंगलादेशका गोलरक्षक जिकोले रेड कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सिमित हुन पुग्यो । नेपलका लागि अन्जन बिष्टले ८८ औँ पेनाल्टी गोल गर्दै खेल बराबरीमा पुर्याए ।

सन् १९९३ बाट सुरु भएको साफको १३ औं संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको थिएन । साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल स्थान बनाएको छ ।

