• TOKHA LIVE

    • २१ आश्विन २०७८, बिहीबार २१:२७

    सधै स्मृतिमा आइरहने पूज्य पिताजी ;

    असोज २१ ।काठमाडौं

    बुबाको प्रथम बार्षिक पुण्य तिथिमा गरिने श्राद्ध यस बर्ष सम्पन्न गरियो । हामी प्रदेश वा घरदेश जहाँ भए पनि हाम्रो संस्कार, पितृहरुप्रतिको भक्तिभाव, सामाजिक धार्मिक मान्यताहरुको अनुशरण, माता पीताप्रतिको कर्तव्य नबिसौं।

    हामीलाई बुबाले गत वर्षको भदौंमा सधैंका लागि छाडेर जानु भएको थियो । बुबालाई अकस्मात् मुटु र पेटमा समस्या भए पछि हामीले ग्रान्डी हस्पीटल लगेका थियौं । यो टोखाको निकै सुविधा सम्पन्न हस्पिटल मानिन्छ । बुबाले टोखामै हुदै ब्लड प्रेसर भएर त्यस्को औषधि खाईरहनु भएकाले र उमेर पनि ७४ बर्ष पुग्नु भएको थियो। त्यहाका डाक्टरहरुले धेरै प्रयत्न गरेँ पनि बुबालाई बचाउन सकिएन ।

    बुबाले मलाई धेरै दु:ख कष्टले हुर्काउनु भएको थियो । विक्रम संवत २००३ सालमा चागल टोलमा जन्मिनुभएको बुबाले हालको टोखा नगरपालिका वडा नं-३ लाई कर्मघर बनाएर हामीलाई जन्माई पालन पोषण गर्दै हुर्काउनु भएको थियो । जीवनका अनेक आरोह अवरोह पार गर्दै आउनु भएको बुबाले धर्तीबाट बिदा लिनु भएको थियो। मैले बुबाको अस्तुलाई बिष्णुमति र ल्वरले नदीको संगममा समाहित गरेको थिएँ।अन्तिम त्यस दिनदेखि नै म पूर्ण रुपमा अनाथ भएको थियो । यो बार्षिक श्राद्ध सम्पन्न गरी मैले क्षमा र आशिर्वाद मागेको छु र पाउने छु भन्ने विश्वास पनि गर्दछौं । बुबाप्रतिको भक्तिभावले श्रद्धांजली अर्पण गर्दै बुबाको आत्मालाई स्वर्गपुरीमा ससम्मान स्थान प्राप्त होस ।

                       हिक्मत डंगोल/टोखालाइभ डट कम

    मैले बुबाको अस्तुलाई बिष्णुमति र ल्वरले नदीको संगममा समाहित गरेको थिएँ।अन्तिम  त्यस दिनदेखि नै म पूर्ण रुपमा अनाथ भएको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै