टाेखालाइभ डट कम/ असोज २१,२०७८
काठमाडौं -टाेखा नगरपालिका वडा ५ स्थित श्री समाज खेलकुद बिकास क्लबको आयोजनामा टाेखा नगरपालिकाले मुख्य प्रायोजन गरेको प्रथम एसकेबिसी टाेखा मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिता तथा नवनिर्मित कभर्डहलमा आज उद्घाटन गरिएको छ ।

एसकेबिसी टाेखा मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिताका प्रमुख अतिथि टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले एक कार्यक्रका बिच पानसमा दिप प्रज्व्लन गर्दै उद्घाटन गरेका हुन । कार्यक्रमको बिशिस्ट अतिथिमा टाेखा नगर उप – प्रमुख ज्ञानमाया डंगोल रहनुभएको थियो ।

टाेखा मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको श्री समाज खेलकुद बिकास क्लबका सचिव मिलन लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष प्रेम सुनुवारको सभाध्यक्षतामा शुभारम्भ भएको कार्यक्रममा टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रथम एसकेबिसी टाेखा मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकाले टाेखा भरी रहेका युवा खेलाडीहरुलाई वहाँहरुको प्रतिभा प्रस्फुटन गराउनु पर्छ भन्ने विषयलाई जोडेर
टाेखा नगरपालिकाले विभिन्न खेलकुदका आयामहरुलाई अगाडि सारिरहेको बताउदै टाेखालाई खेलकुदको नगर बनाउन आफु लागि परेको बताए।

कार्यक्रमका सभाध्यक्ष श्री समाज खेलकुद बिकास क्लबका अध्यक्ष प्रेम सुनुवारले विभिन्न सामाजिक कार्य गर्दै २०७६ सालमा स्थापना भएको क्लबले कोभीडको समयमा पनि विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै भोलिन्टियर गर्दै आइरहेको बताए।कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै क्लबका अध्यक्षले समाजमा बिदमान लुकिरहेका युवा खेलाडीहरुलाई राष्ट्रिय स्तरमा ल्याउनको लागि क्लबले पनि सहयोगि भुमिका निर्वाह गर्न सकिन्छ भनेर क्लब स्थापना गरेको बताए ।

श्री समाज खेलकुद बिकास क्लबको नवनिर्मित कभर्डहलमा
असोज २३गते शनिबार सम्म चल्ने मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको २९ जोडीले सहभागिता जनाएको छ। मेयर कप पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको प्रथम ,द्वितीय र तृतीयले क्रमशः नगद रू १५ हजार, १० हजार र ६ हजार सहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले बताए ।

क्लबका सदस्य कार्यक्रमको संचालिका शोभा तामाङले संचालन गरेको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा टोखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल,वडा ५ का सदस्य चिरञ्जीवी केसि, टोखा नगरपालिका ७ का वडाध्यक्ष नरोत्तम राना,टाेखा नगरपालिका कार्यपालिका सदस्य कल्पना घिमिरे , सन्जिव सुनुवार ,नेपाल खेलकुद महाँसंघ सचिवालय सदस्य अनुप राई,वरिष्ठ लोक गायक बद्री पंगेनी लगायतको उपस्थिति रहेको थियो ।



