• TOKHA LIVE

      TOKHA LIVE

    • १९ आश्विन २०७८, मंगलवार ०४:०४

    श्रीलंकाविरुद्ध नेपालको शानदार जीत

    टोखा लाइभ ।२०७८ असोज १९ गते

    काठमाडौं । साफ च्याम्पियन अन्तर्गत २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । माल्दिभ्सको माले स्थित नेशनल स्टुडियममा भएको अन्तिम समय सम्म भएको निकै रोमान्च र प्रतिस्पर्धात्मक खेलमा नेपालले सो जीत हासिल गरेको हो।

    नेपालका लागि श्रीलंकाविरुद्ध मिडफिल्डर सुमन लामाले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए। सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

    त्यस्तै दोस्रो हाफको ५१ औं मिनेटमा नेपालक अन्जन बिष्टले दोस्रो गोल गर्दे अग्रतालाई दोबर बनाएका थिए तर खेलको केही समय लगतै ५७ औं मिनेटमा श्रीलंका खेलाडी हेमिल्टनले उत्कृष्ट गोल गर्दे १ गोल फर्काएको थियो ।त्यसको साथ श्रीलंकाले लगातार रूपमा आक्रमण गर्दे नेपाली डिफेनडरले सो आक्रमणलाई विफल वनाई दिएका थिए।

    खेलको ८६ औं मिनेटमा नेपालका लागि युवा आयुष घलानले तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै श्रीलंका २-३मा सिमित हुन पुग्यो ।

    श्रीलंकाविरुद्ध नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका छन् । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

    आज नै भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै