टाेखालाइभ/ असोज १४,२०७८
काठमाडौं । कोरोना महामारीको त्रास हाल सम्म कायमै रहेको बताउदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को आदेश जारी नहुन्जेल सम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न आदेशका साथ एक सूचना जारी गररिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज जारी गरिएकी आदेशमा सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।जारी गरेको आदेशमा न्यूनतम संख्यमा सहभागि भई सांकेतिक रुपमा चाडपर्व मनाउन पनि आदेशमा भनिएको छ ।
त्यसैगरि उल्लेखित बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने भनिएको छ । तर गर्नैपर्ने भए स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसको हकमा भने बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।



