• TOKHA LIVE

    • १२ आश्विन २०७८, मंगलवार १७:२२

    शक्तिशाली चक्रवात ‘गुलाव’को कारण नेपालमा वर्षा

    टोखा लाइभ ।असोज १२ गते

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । महाशाखाले मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल अन्य स्थानहरुमा पनि विकास हुने क्रममा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीमा न्यून चापीय क्षेत्र बन्न सुरु भइ असोज ९ गते बनेको ‘गुलाव’ नामक शक्तिशाली चक्रवातका कारण नेपालमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    गुलाव चक्रवात अहिले भारतको उडिसामा अवतरण भइ न्यून चापीय क्षेत्रको रुपमा पश्चिम दिशातर्फ अगाडि बढिरहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले तत्काल भारी वर्षा हुने सम्भावना कम रहे पनि सतर्कता अपनाउन भने अनुरोध गरेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जानाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै