• TOKHA LIVE

    • ९ आश्विन २०७८, शनिबार ०५:१६

    कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

    टोखा लाइभ ।२०७८ असोज ९ गते

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन १६ असोज मा तय भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो ।

    काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी र्दिए ।

    प्रमुख निर्वाचन अधिकृत आचार्यका अनुसार थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएको कारण दक्षिणकाली नगरपालिका–२ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वडा अधिवेशन पुनःगराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै