• TOKHA LIVE

    • ७ आश्विन २०७८, बिहीबार १९:०४

    नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

    टोखा लाइभ ।२०७८ असोज ७ गते ।

    काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

    दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अंक मात्र जोडेकाले अंक तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै