टाेखालाइभ/ असोज ३,२०७८
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार वडा १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गरेका छन । शाक्यले मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताए ।
‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ ।’ शाक्यले भने । वडा १२ का अध्यक्ष विकास डंगोलले पुखुसी महादेवको चर्चा फैलिएको बताए । वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको भर्ना राखे।
उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ । यो मन्दिर कति पुरानो हो भन्ने शिलालेख भेटिएको छैन ।स्थानीय निरोज खड्गीकाअनुसार ०३९ साल अघिसम्म सडकका किनारामा शिवलिङ्ग थियो । सडक विस्तार हुँदै गएपछि यो सडकको विचतिर पुग्यो । यसपछि मन्दिर बनाइयो र नन्दी स्थापना गरियो ।अहिले पुखुसी टोलसुधार समितिले मन्दिरको संरक्षण गरिरहेको छ ।-महानगरखवरबाट साभार

