• TOKHA LIVE

    • १ आश्विन २०७८, शुक्रबार २१:०५

    “चीनले सीमा मिचेको छैन्” – वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठ

    टोखा लाइभ ।२०७८ असोज १ गते।

    टोखाको नयॉ किरण समूह – न्हुज खल: को आयोजनामा “ नयॉ सरकारको कुटनीतिक अभिमुखिकरण सम्भाव्य विश्लेषण “ नामक विषयमा आज हार्दिक होटेल मा विचार गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठी लाई सम्बोधन गर्दे वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले अहिले विवाद देखिएकै क्षेत्रमा पहिले पनि विवाद भएको थियो, नेपाल-चीन सीमा विवादबारे उनले भने। हुम्लाको नाम्खा गाउँ पालिका वडा नं ५ र ६ मा पर्ने लिमी लाप्चा देखि हिल्सा सम्मको सीमा क्षेत्रको स्थलगत अध्ययन गर्दा यसअघि हराइरहेको भनिएको नेपाल चीन सीमास्तम्भ नम्बर ११ बालुवाले पुरिएको अवस्थामा भेटिएको र अब त्यसकै आधारमा सीमा नमिचिएको प्रमाणित गर्दछ । उनले भने।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठ विगतमा नेपाल र चीनबीच भएको सीमा सन्धीले पानी ढलोका आधारमा सीमा स्तम्भहरू कायम गरेको भन्दै त्यसैका आधारमा कुनै पनि प्रकारका विवाद हल गर्न सकिने बताउँछन्।

    उनले विगतमा सिमाङ्कन् हुँदा पनि चिनियाँ पक्षले लिमी क्षेत्रलाई आफ्नो भूमी भनेर दाबी गरेको सम्झना गरे।त्यसबेला नेपाली पक्षले आफ्ना नागरिकहरू भेडा र चौँरी चराउन अनुमति लिएर तिब्बत जाने गरेको प्रमाण पेश गरेको अनि स्थानीय तहमा नै आपसी सहमतिमा विवाद सुल्झिएको उनको भनाइ छ। “दक्षिणतर्फ हाम्रो सीमा समस्याहरू छँदैछ। अब उत्तरतर्फ पनि बढन सक्छ। त्यही भएर खर्चिलो भएपनि सीमा सुरक्षालाई हामीले उच्च प्राथमिकता दिनैपर्छ।”बुद्धिनारायणले भन्नु भयो।

    नेपाल र चीनबीच १४ सय ४० किलोमिटर सीमा रेखा कायम छ ।जसमध्ये ७४ किलोमिटर सीमाको काम १५ वटा नदीले गरेका छन्।दुई देशबीच ९९ वटा सीमा स्तम्भ कायम गरिएका छन्।

    हाल नेपालको अद्यावधिक नक्सा तयार भएपछि नेपाल चीनको ५७ किलोमिटर सीमारेखाको नक्साङ्कन र सीमाङ्कन हुन बाँकी रहेको वहॉले बताउँनु भयो।

    यो लिमी लाप्चाबाट तिब्बतमा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कैलाश-मानसरोवर प्रष्टसँग देखिन्छ।झन्डै १,१०० जनसङ्ख्या रहेको त्यहाँका वडाका युवाहरू पशुहरूको चरनलगायतका प्रयोजनका लागि आफूहरू त्यसतर्फ बिनाअवरोध आउजाउ गरेको बताइरहेका छन्। पूर्व परराष्ट मन्त्री ज्ञवालीले नेपाल र चीनबिच सीमा समस्या नरहेको र कतै दखापरेपनि त्यसलाई सौहार्दपूर्ण ढङ्गले पहिला नै सम्बोधन गरिएको बताए। दुई देशको सीमा नेपाल चीन सीमा सन्धी र प्रोटोकलहरूका आधारमा निर्धारण गरिएको र दुवै देश त्यसबारे निकट संवादमा रहेको उल्लेख गरेको कुरा प्रस्ट संग भन्नुभयो।

    गोष्ठीमा त्रिविविका प्राध्यापक राजेन्द्र प्रसाद चापागाईले नेपाल र भारत बीचको सम्बन्ध बारेमा चर्चा गर्दे भन्नु भयो- “हामी सबैलाई थाहा छ नेपाल राजनीतिक रूपले सेटल भएको भारतले देख्न सक्तैन।यहाँ अराजकता ल्याउन उ कुनै पनि हद सम्म जान सक्छ। चाईना र भारत बिच आपसी टकराव त छँदैछ। यही गञ्जागोल चाहनाहरूको द्वन्दमा शक्ति परिक्षण तथा आपसी विश्वासलाई कशी लगाएर परिक्षण गर्ने स्थल नेपाल बनेको छ। हामी परिक्षणमा प्रयोग हुन वस्तु भएका छौ। यो सरकार जयसिहँ धामी को बारेमा खै किन नबोलेको? धामीलाई महाकालीले हैन हाम्रो विकृत राजनीतिले निल्यो। अहिले देउवा सरकार धरापमा छ। सत्तामा टिक्नको लागि भारतको ‘आर्शीवाद’ चाहिन्छ,धामीलाई बेपत्ता पारिएको कुरा गरे आफ्नो कुर्सीमा भुईचालो आउँछ। त्यसैले, पैसा दिएर घटना सामसुम पार्न चाहन्छ। हामी आमजनताको जीवनको के नै मोल छ र?उनले प्रतिप्रश्न गर्नु भयो।

    यस्तै गरी न्हुज खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारको कार्यशैली गलत दिशामा र कार्यसम्पादन निराशाजनक छ। टाउको दुखेकोलाई पेटको उपचार गरिएको छ। गलत दिशामा सरकार चल्दै छ ।” उनले भने।

    कार्यक्रममा प्रमुख अतिथि बुद्धिनारायण श्रेष्ठ, पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाल खेलकुदका महा सचिव रमेश पौडेल, टोखा गाविसका पूर्व अध्यक्ष बाबूलाल डंगोल, अष्ट नारायण डंगोल, न्हुज खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठ , त्रिविवि का प्राध्यापक राजेन्द्र प्रसाद चापागाई लगायत अन्य व्यक्तहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन न्हुज खलका महासचिव विकास डंगोलले गर्नु भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै