• TOKHA LIVE

    • ३० भाद्र २०७८, बुधबार ०९:४८

    एमसिसी : कसका लागि के ?

     

    – मनोज गजुरेल

    प्रकाशित मिति: ३० भाद्र २०७८

    ओलीकालागि एमसिसी,
    आए आँप गए झटारो !
    प्रचण्डकालागी एमसिसी,
    भालुको कनपट, समात्नु न छोड्नु !
    देउवाकालागि एमसिसी,
    कि हस्तिनापुरको राज कि चपरी मुनीको बास !

    माधव नेपालकालागि एमसिसी,
    खाई न पाई छालाको टोपी लाई !
    उपेन्द्र यादबकालागी एमसिसी,
    जसको लाठी उसको भैंसी !
    महन्त ठाकुरका लागि एमसिसी,
    भोको पेटले सोच्न सक्दैन !
    कमल थापाकालागी एमसिसी,
    जसको शक्ति उसको भक्ती !

    बाबुरामकालागि एमसिसी,
    माग्नेलाई छान्ने अधिकार हुँदैन !
    चित्रबहादुरकालागि एमसिसी,
    हिस्स बुढी हरिया दाँत !
    आएनजिओका लागि एमसिसी,
    अजिङ्गरको आहारा दैवले जुराउँछ !
    पत्रकारकालागी एमसिसी,
    धन भनेपछी महादेवका तीन नेत्र !

    पावर ब्रोकरकालागी एमसिसी,
    मौकामा हिरा फोर्नुपर्छ !
    ठेकेदारकालागी एमसिसी,
    लुटको धन फुपुको श्राद्ध !
    राजाबादीकालागी एमसिसी,
    दैवले दिन्छ पितृले हर्छ !

    अमेरिकाकालागी एमसिसी,
    पशुपतिको दर्शन सिद्राको ब्यापार !
    चाईनाकालागि एमसिसी,
    दुस्मन खोज्न टाढा जानू पर्दैन !
    भारतकालागी एमसिसी,
    ईलाका मेरा धमाका तेरा !

    जनताकालागी एमसिसी,
    कुसाईतमा पञ्चैबाजा !
    देशकालागी एमसिसी,
    डोकोमा दूध दुहेर अडिंदैन !

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै