टाेखालाइभ डट कम/ चैत ३०,२०७९
साहित्यकार रत्नप्रसाद अनामणीद्वारा सृजना गरेका मुक्तक संग्रह ` मेरो गोरेटोमा तिम्रो छाया´सार्वजनिक गरेका छन् ।सामाजिक संजालको तीब्र विकासगसंगै साहित्यकार रत्नप्रसाद अनामणीले आफ्नो प्रेमिलभावका मर्मस्पर्शी भावना अभिव्यक्त गर्न खप्पिस पुराना मुक्तककार रत्नप्रसाद श्रेष्ठ अनामणी आफ्नो पृथक पहिचान बनाइसकेका मुक्तककार हुन ।उग्रचण्डी नाला,बनेपामा जन्मिएका साहित्यकार रत्नप्रसाद अनामणी श्रेष्ठले हालसम्म थुप्रै कृति संग्रहहरु प्रकाशित गरिसकेका छन् । उनको हाइकु संग्रहहरु,मुक्तक संग्र हहरु,गजल संग्रहहरु,कविता संग्रहहरु,भुमिका संग्रहहरु,लेखसंग्रहहरु,कथा संग्रहहरु,नाटक संग्रहहरु,र उपन्यास चर्चित छन् । उनकोपछिल्लो प्रकाशित मुक्तक संग्रह ` मेरो गोरेटोमा तिम्रो छाया ´ सार्वजनिक गरेका छन् । यस बारे यहाँ चर्चा गरिन्छ । कुल चालिस वटा मुक्तक रहेको `मेरो गोरेटोमा तिम्रो छाया ´ चोटिला मुक्तकहरु सम्मीलित भएको संग्रह हो । समाजमा हुने माया प्रेम डाहा बिचलित र बिचल्लीका भावहरुका मिठा मुक्तक पढन तपाईंहरुले यो मुक्तक संग्रह पढनैपर्छ । साहित्यकार अनामणीका तन केही दशक काटे पनि ऊनी प्रेमको अथाह सागरमा डुबुल्की मार्न सफल भएका छन् ।
एक्लो जिन्दगीमा तिम्रो साथ काम लाग्यो
मनको अन्तरकुनामा फेरि एकपटक घाम लाग्यो
भनिन्छ हरेकको आ आफ्नु पालो आउँछ रे
उधारो छल कपटीमा मायामा एक्कासि दाम लाग्यो
मुक्तक ११ पेज १९
आख्यानकार दामोदर ढकाल `दिपक ´ मुक्तककारका बिषयमा भन्छन् – `रत्नप्रसाद अनामणी श्रेष्ठ कुशल व्यवसायी हुनुहुन्छ । व्यवसाय गरेर आर्जेको रकम साहित्यमा खर्च गर्नुहुन्छ । उहाँ जस्तोसुकै भिड र हल्लामा पनि साहिन्जत्य सिर्जना गर्न सक्नुहुन्छ । जस्तै व्यस्ततामा पनि सिर्जना गर्न सक्नुहुन्छ । उहाँको अनुहारमा मैले अहिलेसम्म नैरास्यता र तनावको भाव भेटेको छैन ´ ढकालले भने जस्तै रत्नमा साहित्यप्रती तिब्र लगाव छ । गंगबुको होहल्लाका विचमा पनि उनी लेखिरहेका छ्न । बर्सेनि कृति प्रकाशित गरिरहेका छ्न । साहित्यिक अभियान चलाइरहेका छ्न । देश देशावर गरिरहेका छ्न ।
सधैं हिडने मायाको बाटाहरु बन्द अचेल
मिठो स्वरमा फोन गरे नि द्वन्द अचेल
गल्ती त भैहाल्छनी समझदारी हुनुपर्छ
सानो कुरालाई ठुलो बनाएर बुलन्द अचेल
यस्तै यस्तै मेरो गोरेटोमा तिम्रो छाया´ साहित्यकार रत्नप्रसाद अनामणीका पढनै पर्ने मुक्तक संग्रह हुन्।