टाेखालाइभ/ भाद्र २७, काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–२१ को सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार पछी हिजो एक कामका बिच उद्घाटन गरेका छन् । सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्दै प्रमुख शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताउदै सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन अपिल समेत गरेका छन ।
विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ ।
इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भन्नुभयो, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ ।कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ ।
आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार रहेको बताउदै विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु नपर्ने बताए । ‘
जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने , ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘कोभिडको त्रास अझै समाप्त भै सकेको छैन । त्यसैले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी भैदिनु होला भन्दै गर्नुभयो ।
‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ ।’ उनले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराउनुभयो । उहाँले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा कति महत्वपूर्ण काम गर्नुभएको छ भन्ने कुरा यही सवल बहालको अवस्थालाई मात्रै हेरे छर्लङ्ग हुन्छ । अब ६ महिना पछि हुने चुनावमा यहाँहरूले उनको मूल्यांकन गर्नुपर्छ ।’ उनले सवल बहाल भनेको भूमिगत कालमा धेरै पार्टीहरूलाई सेल्टर दिएर, पालेर पठाएको ऐतिहासिक ठाउँ भएको पनि उनले स्मरण गरे ।
कार्यक्रममा उपस्थित पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठतिर संकेत गर्दै भने , ‘केन्द्रबाट पर्ने सहयोग उहाँबाट हुन्छ ।’ कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका कृष्णगोपाल श्रेष्ठ २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताए । ‘उहाँकै नेतृत्वमा काठमाडौंको भाषा बचाउन १ देखि ८ कक्षासम्म नेपालभाषामा पठन पाठन गराउने ऐतिहासिक कार्य भएको छ,’ श्रेष्ठले भने , ‘काठमाडौंमा अहिले आधुनिक दमकल, आधुनिक मेशिनहरू ल्याएर सरसफाइ गर्ने कार्यहरू भइरहेका छन् ।
नासः मन्दिर जिर्णाेद्घार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले उक्त मन्दिर नेपाल सम्मत् ९२७ अर्थात् वि.संंं १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भै भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णाेद्घार गरेको बताए । कमिटीले दिएको जानकारी अुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।

