नविना श्रेष्ठ
टाेखालाइभ डट कम /भाद्र २२,२०७८
प्रत्येक वर्ष कुशे औंसीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइयो। दिवंगत पितालाई तर्पण सिदा दान एवं पिता प्रति आदर सम्मानका साथ मिठो खान तथा राम्रो लगाउन दिई बुवाको मुख हेर्ने पर्व मनाएको छ।
दिवंगत पिताका नाममा काठमाडौंको सेतो मच्छिन्द्रनाथ जनबहालमा गई तर्पण सिदादान दिइन्छ। सेतो मछिन्द्रनाथ वर्षमा दुईपटक मेला लाग्ने गरिन्छ।
वैशाख महिनामा आमाको मुख हेर्ने औशी र भाद्र महिनाको कुशे औंसी गरी दुईपटक दिवंगत माता पिताहरुलाई स्मरण गर्दै तर्पण सिदादान दिनेको घुइँचो लाग्ने गरिन्छ। मच्छिन्द्रनाथमा दुई पटक लाग्ने मेलामा मच्छिन्द्र क्लब मछिन्द्रनाथको पुजारी तथा मच्छिन्द्र क्र्यू स्काउट मिलेर भिडलाई सहजीकरणका साथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुलाई सेवा दिन भोलेन्टरमा खटिँदै आएको क्लबका अध्यक्ष सुनिल कपालीले बताए।
काठमाडौंको लोकप्रिय मन्दिर सेतो मच्छिन्द्रनाथ गोकर्णेश्वर कुसे औंसीको दिनमा बुवाको दिवंगत आत्माले शान्ति मिलोस् भन्दै सेतो मच्छिन्द्रनाथ जनबहालमा भिड लाग्ने गरिन्छ। मन्दिरमा सिदादान दिनेहरूको भीड र कोभिड-१९ का कारणले गर्दा भिड नियन्त्रण गर्न मच्छिन्द्र बहालमा नेपाल स्काउट मछिन्द्र क्र्यू, मछिन्द्र क्लब, जनसेवा प्रहरीको संयुक्तमा भिडलाई राम्रोसँग व्यवस्थापन र नियन्त्रण गर्न सेवामा खटिएका सबैलाई मछिन्द्र बाहालका पुजारी काठमाडौ महानगरपालिका वडा नं २५ का अध्यक्ष निल काजी शाक्यले धन्यवाद व्यक्त गरेका छन्।
मछिन्द्र बाहालका पुजारीले कोभिड-१९ का कारणले यसपालि भने त्यति भिडभाड नभएको बताए। सेतो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण कार्य सुरु भइरहेको हुनाले अनि सहज नभएको अवस्थामा पनि मच्छिन्द्र क्लब, मच्छिन्द्र क्र्यू स्काउट, जनसेवा प्रहरीको सहयोगले भिड नियन्त्रण भएकोमा आफूहरू खुसी रहेको पुजारी पवन बज्रचार्यले बताउनुभयो।