• TOKHA LIVE

    • १८ भाद्र २०७८, शुक्रबार ०५:५४

    नेपाल–भारत मैत्रीपूर्ण फुटबल १-१ को बराबरीमा खेले

    टोखा लाइभ ।२०७८ भदौं १८ गते ।

    काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल एकएक गोलले बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।

    खेल साँझ ५:३० बजे सुरु भएको थियो । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेलेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् ।

    नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले सम्हालेका थिए। नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्यालले साथ दिएका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामा रहेका छन् अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले टोलीको अग्रपङ्ति सम्हालेका छन् ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ । नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै