• TOKHA LIVE

    • १५ भाद्र २०७८, मंगलवार १९:१५

    चित्रमा ग्लैमरस छैनन तैपनि सुन्दर छन

    टोखा लाइभ । २०७८ भदौं १५ गते ।

    चन्द्रमालाई आकाशमा सबैले देखेका छन्।तर चन्द्रमाको प्रकाशले प्रत्येक महिलाको व्यक्तित्वलाई प्रभाव पार्छ भन्ने तथ्य कुरा सबैले नबुझेको हुन सक्तछ। अचेल चन्द्रमा जस्तै भाको छ महिलाको जिन्दगी ,हेर्दा राम्रो देखिन्छ तर सधै एक्लो हुन्छ” ! “महिला जून जस्तो शीतल र सहनशिल हुन्छन । यसमा मलाई खुब आनन्द फिल गर्छु महिलाको जीवन सम्झेर । जस्तो सुकै पिडा दुख पनि सहन सक्छिन।समाजमा आदर्श नारीको रूपमा स्थापित हुने अवधारणामा आफु उभिएको उनी सुनाउँछिन। नेपाल आर्ट काउंसिलमा यही अगस्ट ३० देखि सेप्टेम्बर ५ तारिख सम्म हुने हिमालयन आर्ट प्रदर्शनीमा “ चन्द्रमा” शीर्षकको चित्रकलामा वरिष्ठ कलाकार एरिना चित्रकारले यो पंत्तिकारलाई भनिन। वहॉको चित्रहरू हेर्दै गरेकी एक दर्शक संग एरिना को चित्रहरू कस्ता लाग्छन? भनी सोधिएको प्रश्नमा नाम नबताउने शर्तमा उनी भन्छिन- “ चित्रमा ग्लैमरस छैनन तैपनि सुन्दर छन। “

    यस्तै गरी अर्को मुर्धन्य कलाकार आशा डंगोल चित्रहरू अवलोकन गर्दा मानिसको शरीरमा रॉगा र बोकाका टाउको जडित अचम्म लाग्दो चित्रहरू सृर्जित गरेका छन। सजिब बस्तुहरु चाहे ती पशु हुन वा मान्छे सबैमा ज्यान हुन्छ, सबैलाई स्नेह चाहिन्छ । सकिन्छ पशुलाइ माया गरौं , सकिँदैन पशु हिंसा नगरौं भन्ने सकारात्मक सन्देश यी चित्रहरूले दिन खोजेको छ।

    पाटनमा जन्मिएकी चित्रकार संगी श्रेष्ठले बनाएका चित्रहरू हेर्दा यस्तो लाग्छ अध्यारो बाट उज्यालो तर्फ डोर्‍याउन आफ्नो जीवन भरि संघर्ष गर्ने मानवजाति लाई उत्प्रेरित गरेको देखियो । यसले चित्रकलालाई नबुझ्नेहरूलाई पनि एक प्रकारको आनन्द दिन्छ ।

    यस्तै गरी अर्को चित्रकार प्रमिला ब्रजाचार्य पनि राम्रै चित्र बनाउँछिन। प्रमिलाले पनि नारी पात्रलाई अनेक स्वरूपमा ढालेकी छन। उनले तयार पारेकी चित्रहरूमा गोधुँली सॉझमा देखिने सूर्योदयको दृश्य र सामाजिक जन – जीवनसंग सम्बन्धित चित्रहरू राखिएका छन।

    वरिष्ठ चित्रकारहरूको संयोजनमा चलेको ७ दिने Himalayan art Exhibition ले नेपाल आर्ट काउन्सिलमा विशुद्ध नेपाली मौलिक सांस्कृतिक चित्रकला प्रदर्शनी सोमवार बाट प्रारंभ भएको छ। २०७८ भदौं -१४ गतेदेखि चलेको चित्रकला प्रदर्शनीमा क़रीब ६५ जना चित्रकारहरूको चित्र प्रदर्शनीमा राखिएका छन। महिला हिंसा, समाज, देवीदेउताको शक्ति, र ऐतिहासिक मूर्तिहरूमा आधुनिक समाजको चित्रण गरिएका चित्रहरू प्रदर्शनीमा थिए। विभिन्न कला संस्कृति र परम्परागत मूल्यमान्यताको झल्को दिने खालका चित्रहरू प्रदशर्नमा राखेका छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै