• TOKHA LIVE

    • १ असार २०७७, सोमबार १४:३१

    टोखा नगर प्रमुखद्वारा ‘भिल्लिटार’को उद्घाटन गरियो।

    टाेखा लाइभ,असार १ काठमाडौं : नेपालमा आदिवासीहरु जो परापुर्व काल देखी बस्दै आएका जनजातिहरु धेरै छन् । त्यस मध्ये काठमाडौं उपत्यकाका रैथाने नेवारहरुको बाहुल्य रहि आएको छ।उपत्यकामा नेवार /नेपालभाषामा बाट राखिएका धेरै चर्चित नामहरु छन् । गंगबुँ,बालाजु ,सामाखुसी,न्हु:सतक, मरु ,खोकना,सक्व:टाेखा , न्हेकंतला, नघ:श्रीघ:फसिकेब, असं,यें ,यल, ख्वप,इन्द्रचोक,खुपाचा ,झुडाेल ,चाब,यस्ता हाम्रो एतिहासिक र पौराणिक नाम केही ब्यक्ती र सस्थाले गर्दा ठाँउ ठाँउमा बिलय भइ अर्कै नामाकरण गरेको हामिले देख्दै र सुन्दै आएका छौं । तर बिदम्बना नै भन्नु पर्छ यस्ता स्थानीय एेतिहासिक नामहरु हराउँदै गइरहेका छन् । अब नेपालमा स्थानीय सरकारले यि यावत ठाँउहरुको संरक्षण गर्नु त्यस ठाँउको प्रचारप्रसार गर्नु पर्यटन प्रबर्द्धन गर्नु आजको आवश्यकता हो। ऐतिहासिक र पौराणिक नामलाई जिबन्त राख्नु हाम्रो अस्तित्व बचाउनु संगै कर्तव्य र दायित्व पनि हो।त्यसैलाई मध्यनजर गरि आज टाेखामा परापुर्व काल देखि जनजिब्रोमा झुन्डिदै आएको’ भिल्लीटार’ आधिकारिक नामाकरण भएको छ। आज टाेखामा एक कार्यक्रम बिच “भिल्लीटोल बिकास सस्था”को आयोजनामा’ भिल्लिटार’ नामांकरण गरि टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा , टोखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोलको अतिथिमा र टोखा न.पा २ का अध्यक्ष दिपकराज जोशी ज्युको अतिथिमा एतिहासिक र पौराणिक नाम “भिल्लितार”संयुक्तरूपमा उद्घाटन गरियो।” पहिला त्यस ठाँउलाई’ भिल्ली’नै थियो पछि सिमित ब्यक्ति हरुले नाम परिवर्तन गरि यस ठाँउलाई पन्चेतार बनायो अब यो ठाँउलाई पन्चेटार नभनि भिल्लितार भन्दिनुहुन सबैलाई अनुरोध छ” ‘भिल्लीटोल बिकास सस्था”का अध्यक्ष केशकुमार श्रेष्ठले टाेखा लाइभलाई बताए।- “साथै सबै ठाँउमा एतिहासिक र पौराणिक नाम नै जिबित हुनु पर्छ र गर्नु पर्छ। अचानक भएको र महामारी कोरोनालाई मध्यनजर गरि केही सिमित ब्यक्ती मात्र बसि उक्त टाेलको उद्घाटन गर्न पाउदा गौरव लागेको र समितिका सबै मित्र र स्थानियहरुलाई सहभागी गराउन नसकेको मा क्षमा चाहन्छु “-उनले बताए।

    Facebook Comments

    सम्बन्धित खवर

    गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

    छुटाउनुभयो कि? सबै