• TOKHA LIVE

    • १० भाद्र २०७८, बिहीबार १८:४४

    रहेनन् जनगायक जेबी टुहुरे

    टोखा लाइभ । २०७८ भदौ १० गते ।

    काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। गत मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो।

    उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन् । उनी दोस्रो संविधानसभामा उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए । मंगलबार सरकारले उनको उपचार लाग्ने खर्च बेहोर्ने बताएको थियो । उनी आफ्ना गीतहरु मार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिन्थे । उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्ने गरेका थिए ।

    वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो । जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए ।

    टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ ।

    टुहुरे सुनसरीको धरान निवासी हुन्। उनको खास नाम जुठबहादुर खड्गी थियो । टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो ।

    उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिँदैछ। त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै