टोखा लाइभ ।२०७८ साउन २२ गते ।
काठमांडौं। बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको होटल सब्रिना बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलाई पक्राउ गरेको हो।
नगरपालिकाको एक सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग . ७२ हजार घुस/रिसवत माग गरेको सुचना पाएको टोलीले पौडेललाई उक्त रकम सहित पक्राउ गरेको थियो।पौडेललाई पक्राउ गरी थप अनुसन्धान भैरहेको आयोगले जानकारी दिएको छ।

