• TOKHA LIVE

    • १७ श्रावण २०७८, आईतवार १३:२०

    टोखामा स्वास्थ्यकर्मीमाथि आक्रमण खोप कार्यक्रम स्थगित,घटनामा संलग्न दोषीलाई कारवाहीको माग

    टाेखालाइभ डट कम / श्रावण १७ काठमाडौं

    टोखा नगरपालिकामा हिजो शनिबार कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाउने क्रममा खटिएका स्वास्थ्यकर्मीमाथि ग्रान्डी अस्पताल परिसर भित्र आक्रमण भए पछि खोप कार्यक्रम स्थगित गरेको छ। टाेखा नगरपालिका  परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण गरे पछि टोखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरिएको हो ।

    ग्रान्डी अस्पताल परिसरभित्र कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै खोप कार्यक्रम समेत स्थगित गरिएको छ।हिजो शनिबार बिहान खोप लगाउने क्रममा  परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि सांघातिक आक्रमण पछी टाेखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ति उल्लेख छ।

    सो घटना पछि टाेखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय व्यक्तिहरुले सांघातिक आक्रमण गरेको आरोप समेत लगाएका छन् ।

    “कोभिड–१९ महामारीको कारण सृजित विषम परिस्थितिमा ज्यानको प्रवाह नगरिकन जोखिम मोल्दै रातदिन आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीप्रति न्यूनतम मानवीय व्यवहारसमेत नगरी दुर्व्यवहार गर्ने, हातपात गर्नेजस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न टोखा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मी जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

    दुर्व्यवहारका घटना बढ्दै जाँदा अहोरात्र निस्वार्थ सेवामा तल्लीन स्वास्थ्यकर्मीहरूको मनोबल गिर्ने र सेवा प्रवाह गर्न कठिन अवस्था आउन सक्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता घटना हुन नदिई स्वास्थ्यकर्मीहरूको पेसागत सुरक्षा गर्न/गराउन सरोकारवाला निकायको विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत गराइएको छ ।

    टाेखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको संयुक्त बिज्ञप्ति :

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै