• TOKHA LIVE

    • १० श्रावण २०७८, आईतवार २०:२१

    काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरियो।

    काठमाडौं :काठमाडौं उपत्यकामा यसअघि जारी गरिएको निषेधाज्ञा आज आइतबार मध्यरातिबाट सकिने भएपछि त्यसलाई थप गरि साउन २० गतेसम्मको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको हो।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो । यसअघि कायम रहेका निषेधाज्ञाका नियममा भने यथावत रहेको छ ।कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लगाइएको थियो । उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखानाहरु भने अझै बन्द रहनेछन् । शैक्षिक संस्थाहरू अझै भौतिक रूपमा सञ्चालन हुन पाउने छैनन् । खुला स्थानमा मानिसहरू भेला भएर कार्यक्रम एवं समारोहहरू गर्न पनि रोक लगाइएको छ ।

    No description available.

    No description available.

    Facebook Comments

    छुटाउनुभयो कि? सबै