• TOKHA LIVE

      TOKHA LIVE

    • ७ श्रावण २०७८, बिहीबार ११:४१

    अब देखि काठमाडौंमा १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाउन पाउने

    टाेखालाइभ/श्रावण ७,काठमाडौं

    अब देखि काठमाडौंमा सबै नागरिकले खोप लगाउन सहज हुने भएको छ। काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउन पाउने भएका छन् ।

    सरकारले यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

    स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ५० देखि ५४ वर्ष उमेर समूहका लागि जिल्लालाई एक लाख ४० हजार डोज जोन्सन खोप उपलब्ध गराएको थियो। खोप लगाएर पनि करिब एक लाख खोप बाँकी रहेकोले काठमाडौं जिल्ला भित्र १८ वर्ष उमेर माथिकालाई यो खोप लगाउने निर्णय गरेको बताएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै