टाेखालाइभ डट कम / असार १५, काठमाडौं
‘धान उत्पादनमा वृद्धि ;खाद्य सुरक्षा , आत्मनिर्भर र समृद्धि’ भन्ने नाराका साथ आज टाेखा नगरपालिका कृषि शाखाको आयोजनामा टाेखा नगरपालिका वडा ३ स्थित चर , साइबाबामा १८ औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।
१८ औं राष्ट्रिय धान दिवस कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्नका लागि कृषि शाखा मार्फत विभिन्न कृषि कार्यक्रमका गतिविधिहरु अगाडि सारिएको बताए। नगर प्रमुख अधिकारीले टाेखा नगरपालिकामा कृषि उत्पादन वृद्धि गराउन र कृषकहरुलाई प्रोत्साहन गर्न सय वटा भन्दा बढी हाते ट्याक्टर वितरण गरिसकेको बताउदै कृषि पेसालाई आधुनिकीकरण गरेर व्यवसायकै रूपमा विकास गर्न सके टाेखा नगरवासी परनिर्भर हुन नपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै टाेखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले टाेखा नगरपालिकाले कृषि शाखा मार्फत विभिन्न कृषि कार्यक्रम संचालन गरि कृषकहरुलाई बीउ बिजनमा ५०% अनुदान , किसानलाई कृषि यान्त्रिकरणमा पहुँच पुर्याइ रहेकाको बताउदै टाेखा नगरपालिकाको प्रमुख कृषि आधारित क्षेत्रलाई पशुपालन र कृषितर्फ संगसंगै लगि प्रागारिक मल उत्पादन गरि टाेखालाई अर्गानिक क्षेत्र तर्फ लैजान टाेखा नगरपालिकाले जोड दिएको बताइन् ।

मुलुकभर कोरोना भाइरसको महामारीका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आज धान रोपाई कार्यक्रमको आयोजना गरिएको बताउदै टाेखा कृषक नन्द लाल श्रेष्ठले नेपाल सरकार र स्थानीय सरकारले किसानलाई एउटा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा टाेखा वडा १ का कृषक रामकुमार अधिकारीले धान उत्पादन बढाउन बिउ बिजन उपकरणमा महत्त्वपूर्ण अनुदानमा जोड दिई कृषि र कृषकलाई प्रोत्साहन गरिरहेको टाेखा नगरपालिकाले अझै धानको उत्पादकत्व बढाउन योजनाबद्व ढंगबाट अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेपाली परिवेशमा धानको विशेष महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले वि.स. २०६१ देखि प्रत्येक बर्ष परम्परागत रुपमा धान रोपाईं गरी दहि चिउरा खाने अर्थात असार १५ को दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आइरहेको छ ।

मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज १८ औं राष्ट्रिय धान दिवस कार्यक्रमसँगै रोपाइँ खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही च्यूरा खाइ असार १५ मनाएका छन्। १८औं राष्ट्रिय धान दिवसमा टाेखा नगर उप प्रमुख ज्ञान माया डंगोल, टाेखाका मुल नाइके हेमराज श्रेष्ठ, टाेखा १ का कृषक रामकुमार अधिकारी,टाेखा २ का कृषक राष्ट्रमान श्रेष्ठ, टाेखा ३ का कृषक रमेश डंगोल , कृषक नन्दलाल श्रेष्ठ खेतमा धान रोपाइँ गर्दै रोपाहार बीच आपसमा हिलो छ्यापाछ्यापका साथ असारे गित नेपाली र ‘असारया सिनाज्या” नेपाल भाषाको गित गाउँँदै धान दिवस मनाइएको हो।

१८ औं राष्ट्रिय धान दिवस कार्यक्रममा विशिष्ट अतिथि टाेखा नगर उप प्रमुख ज्ञान माया डंगोल , टाेखा नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश आचार्य ,टाेखा वडा १ अध्यक्ष श्री कृष्ण अधिकारी , टाेखा वडा ३ अध्यक्ष सिंहराज श्रेष्ठ , टाेखा वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टाेखा वडा ५ अध्यक्ष जगन्नाथ ढकाल ,टाेखा वडा ७ अध्यक्ष नरोत्तम राना,टाेखा वडा ९ अध्यक्ष जोग प्रसाद नेपाल ,टाेखा वडा १० अध्यक्ष मधुसुदन पाण्डे,नगर प्रवक्ता बच्चुराज बस्याल, टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, कृषि शाखाका कर्मचारी, विभिन्न कृषक समुहका प्रतिनिधी लगायतको उपस्थितीमा रोपाई कार्यक्रम सम्पन्न भएको थियो।

