• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ९ असार २०७८, बुधबार ०९:५५

    टोखा ३ को भूटखेलमा प्राचीन  मसानकाली  पिगँ द्य: मन्दिर जाने बाटोमा ढुंङ्गा छपाइ सम्पन्न :-

    टोखा लाइभ डट कम / असार ९,काठमाडौं

    टोखा नगरपालिका वडा ३ स्थित भूटखेलमा अवस्थित प्राचीन श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मन्दिर जाने बाटोमा ढुंङ्गा छपाइको काम सम्पन्न भएको छ। भुटखेल शवपाटी ओरालोको ढलान समेत गरि पिगँ द्य: को ऐतिहासिक मन्दिर जानेबाटोको २० फिट चौधाइ र ४ सय मिटर ढुंङ्गा  साेलीङ्गको बागमती प्रदेश सरकारको स्तरीय बजेटबाट रु ३० लाखको लागतमा उक्त ढुंङ्गा छपाइको काम सम्पन्न भएको छ ।

     

    प्राचीन श्री मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मन्दिर पुग्ने बाटोमा ढुंङ्गा छपाइको काम सम्पन्न भएपछि टाेखा नगरपालिका ३का वडाध्यक्ष सिंहराज श्रेष्ठले महत्त्वपूर्ण  सम्पदा बोकेको टाेखा मसानकाली माइ पिगँ द्य: मन्दिरमा भुटखेल फुटबल मैदानलाई बाधा नपर्ने किसिमले पैदलमार्ग भएर मन्दिरसम्म पुग्ने दर्शनार्थीहरुको लागि आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले  मौलिकता झल्काइ  परम्परागत ढुंङ्गा छपाइ गरिएको बताउनुभयो।

    यस महत्त्वपूर्ण कार्यको लागि वडाध्यक्ष सिंहराज श्रेष्ठले बागमती प्रदेश सरकारलाई टाेखावासी र वडाको तर्फबाट धन्यवाद दिनुभयो।

    टाेखा नगरपालिका वडा ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले वडास्तरीय बजेटबाट मसानकाली माइ पिगँ द्य: को ऐतिहासिक मन्दिरको प्राङ्गणमा रहेको बिस्का जात्रामा ‘मरजा:नकेगु थाय्’ पिपल चौतारीको वरिपरि डाछी ईटा लगाउने,रेलिङ,ईटा बिछ्याइ गत वर्षको चैत मसान्तमा नै चौतारी निर्माणकार्य सम्पन्न गरिएको समेत  वडाध्यक्ष सिंहराज श्रेष्ठले बताउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै