टाेखालाइभ डट कम /असार ८ काठमाडौं
टाेखा नगरपालिकाले बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु बाढी पिडितहरुको राहत तथा उद्दारका लागि मेलम्ची र हेलम्बु नगरपालिकालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
टोखा नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयबाट बाढीले भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न टाेखा नगर प्रमुख प्रकाश अधिकारीले आज राहतको घोषणा गरेका हुन्।
मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर अधिकारीले बताए।
विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु टाेखा नगरपालिकाको पनि कर्तव्य रहेको टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् ।

गत साता मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा आएको बाढीका कारण ब्यस्त बजार बाढीले डुबान परि बगरमा परिणत भएको थियो । मेलम्ची र हेलम्बुका आसपासका कयौं क्षेत्र डुबानमा परेका छन्। सयौं घरका मानिस विस्थापित भएका छन् भने अर्बौंको क्षति भएको छ।

