टाेखालाइभ डट कम /असार २,२०७८
टोखा नगरपालिकाको प्रमुख कृषि आधार क्षेत्र वडा नं १,२ र ३ का कृषकलाई मंगलबार टाेखा वडा ३ मा एक कार्यक्रमका बिच प्रमुख अतिथि टाेखा नगरपालिकाकि उप- प्रमुख ज्ञानमाया डंगोलले कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्नुभएको थियो।
कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ११ जना कृषकहरुलाई हाते ट्याक्टर वितरणको ५०% अनुदानमा टाेखा नगरपालिकाले उपलब्ध गराएको हो। टाेखा नगरपालिकाको वडा नं १का कृषकहरुलाई ५ वटा त्यसै गरि वडा नं २ का कृषकलाइ ५ वटा र वडा नं ३ का १ का एक जना कृषक गरि कुल ११ वटा हाते ट्रयाक्टर प्रदान गरिएको हो। टाेखा वडा ३ का कृषकहरुलाई हाते ट्याक्टर वितरण कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर उप – प्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरपालिका वडा ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठको उपस्थितिमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो।
श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । टोखा नगरपालिका कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि शाखा मार्फत हाते ट्याक्टर बितरण गरेको टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल बताउछिन् ।टाेखा नगरपालिकाले ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।
कृषिमा टाेखाका कृषकमा सहजीकरण गर्ने उद्देश्यले टाेखा नगरपालिकालाई कृषिमैत्री बनाउन यस अघि टाेखा नगरपालिकाले अन्य वडाहरुमा पनि कृषि तालिम , कौसी खेती तालिम र बट्टाई पालन तालिम जस्ता कार्यक्रमहरु आयोजना गरि सफलतापुर्वक सम्पन्न गरिसकेका छन् ।

