• TOKHA LIVE

    • २८ जेष्ठ २०७७, बुधबार १०:१६

    विज्ञप्तीले टोखामा ढुँगा छाप्ने कार्य रोकियो:

    टाेखा लाइभ, जेठ २८ काठमाडौं : नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका अध्यक्ष क.रवीन्द्र डंगोलको नेतृत्वमा टोखा नगरपालिकाको कार्यालय र वडा नं.२ र ३ को साथै टोखा नगरपालिका मैजुहिटीका प्रमुख प्रकाश अधिकारी समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम मंगलवार सम्पन्न भयो। हाल टाेखा मू: ध्वाखा देखि गणेशथानसम्म ढुङ्गा छाप्ने काममा नगरपालिकाले कमसल ढुङ्गा छापेको भन्दै स्थानीयले असहमति जनाउदै ब्यापक विरोध गर्दै आइरहेको थियो। उक्त कार्यक्रममा ऐक्यवद्धता जनाई सहभागी हुने मु:ध्वाखा टोल विकास संस्था, नेपाल भाषा युवा क्लव, लियो क्लब अफ काठमाडौं टोखा, बाल बिकास क्लब, नेवा ग्वाहाली पुच:, हलि नेवा गुठी टोखाका सम्पूर्ण महानुभावहरुलाई नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिले हार्दिक धन्यवाद व्यक्त गरेको जनाएको छ।

    टोखा वडा नं २ र ३ ले गर्न रोक्न नसकेको कार्यलाई स्थानीय संघ संस्थाहरुको विज्ञप्तिले थप्प पारेको थियो।टाेखा मू: ध्वाखा देखि गणेशस्थान सम्म छापेको कमसल ढुङ्गालाई सोही विज्ञप्ती मार्फ़त फिर्ता गर्ने निर्णय भएको कुरा सानुबाबु श्रेष्ठले टोखा लाइभलाई जानकारी दिनु भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

    छुटाउनुभयो कि? सबै