५०% अनुदानमा फलफुल-तरकारीका विउ वितरण सम्बन्धी टोखा नगरपालिकाले सूचना सार्वजनिक जारी गरेको छ। जेठ २३ गते जारि गरिएको उक्त सुचनामा टोखा नगरपालिका कृषि शाखा काठमाडौंको आर्थिक वर्ष २०७७/७८ को बार्षिक स्वीकृत कार्यक्रम बमोजिम ५० प्रतिसत अनुदानमा फलफूलका बिरुवा र व्यवसायिक तरकारी खेति गर्ने कृषकका लागि तरकारीको बिउ वितरण गरिने भएकोले टोखा नगरपालिकामा रहेका कृषक /कृषक समुह/ कृषि सहकारी /कृषि फार्मले सो सुचना प्रकाशित भएको १५ दिन भित्र हाइब्रिड तरकारीको बिउ र फलफूलका बिरुवाहरु आवश्यक जात र परिमाण खुलाई कृषि शाखामा कार्यालय समयमा निवेदन दिन टाेखा नगरपालिकाले अनुरोध गरिएको छ । साथै नगरपालिकाले जारी सूचनामा सर्वसाधारणले निवेदन पेश गर्दा नागरिकताको फोटोकपि/ जग्गाधनी पुर्जाको प्रतिलिपि/ जग्गा भाडाको सम्झौता पत्रको प्रतिलिपि/व्यवसायिक फर्मको हकमा फर्म दर्ता र प्यान दर्ताको प्रतिलिपि सहित पेस गरि बिस्तृत जानकारीको लागि टोखा नगरपालिका कृषि शाखामा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

