• TOKHA LIVE

      TOKHA LIVE

    • २३ जेष्ठ २०७८, आईतवार १५:५०

    नेपाल भाषाको सबैभन्दा पुरानो शिलापत्र

    – रत्नप्रसाद अनामणि श्रेष्ठ

    टाेखालाइभ / जेठ २३ काठमाडौं

    नेपाल भरी जम्मा १२९ भाषा रहेका छन् । ती भाषाहरु मध्ये पुरानो नेपाल भाषा पनि एक हो।यस भाषाको उत्पत्ति समय खास यहि नै समय भएको हो भन्न सकिएको छैन ।तर , लेख्य रूपमा नेपाल भाषा नेपाल संवत् २३५ मा लेखेको ताडपत्रलाई अहिले सम्मको सबभन्दा पुरानो लेख्य प्रमाणितको रूपमा लिएको छ।नेपाल भाषाको यहि नै सबैभन्दा पुरानो दस्तावेज हो।
    त्यसै गरि ढुङ्गामा कुँडिएको शिलापत्रमा सबैभन्दा पहिलो कुन हो भने नेपाल संवत् २९३ ( बि.सं.१२२९) सालको शिलापत्रलाई सबैभन्दा पुरानो शिलापत्रको रूपमा लिएको छ।

    यो शिलापत्र नेपाल भाषा स्पष्ट प्रयोग गरिएको साँखुमा भेटिएको छ।तत्कालीन राजाको स्पष्ट उल्लेख गरिएको र त्यति खेरको राज्य भाषा नेपाल भाषा भएको पुष्टि गर्दछ। यो शिलापत्र साँखुको बज्रयोगिनी मन्दिर अगाडिको एक सानो स्तम्भमा कुँडिएको थियो ।तीन हरफको सानो अभिलेखमा निम्न प्रकारका कुराहरु उल्लेख गरिएको छ।
    १)वं स्वस ग्वल अधिक संव-
    २)त् न्यशस: रगुपती रुद-
    ३)रदेव राजा विज्यरपत्वं
    यसको अर्थ ” ॐ ने. सं.२९३ साल रगुपति रुद्रदेव राजाको बिजय राज्यमा यो राखेको ‘ भन्ने अर्थ हुन आउँछ ।यो शिला पत्र भन्दा अगाडिका शिलापत्रहरु संस्कृत भाषामा लेखिएको पाइन्छ ।त्यति खेर संस्कृत भाषा जनताहरुले नबोले तापनि
    लेख्य परम्परामा संस्कृत प्रयोग गरिएको पाइन्छ । यो शिलापत्रले लेख्य रूपमा संस्कृत भाषा प्रयोग भएको परम्परालाई ताेडेको देखिन्छ ।लिच्छवि कालमा पनि नेपाल भाषा राज्य भाषाको रूपमा रहेको थियोे भन्ने यो एउटा बलियो प्रमाण हो। यस शिलापत्रलाई सर्वप्रथम धनबज्र बज्राचार्य र नगदिशचन्द्र रेग्मीले ‘ एपिग्राफिक सर्भे रिपोर्ट’ मा पहिलो पटक प्रकाशन गरेका थिए ।

     

    बोलीचालीमा मात्र सिमित रहेको नेपाल भाषा लेख्य परम्परामा पनि विकसित भएको देखिन्छ ।त्यसपछि देखि नेपाल भाषाले क्रमिक रूपमा विकसित हुदै गएको देखिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै