• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २२ जेष्ठ २०७८, शनिबार २०:२४

    ६०- ६४ बर्षका जेष्ठ नागरिकलाई जेठ २५ देखि खोप लिनुहुन टाेखा नगर उप-प्रमुख डंगोलको अनुरोध

    टाेखा लाइभ डट कम  / जेठ २२,काठमाडौं

    कोभिड- १९ विरुद्धको देशव्यापी खोप अभियान अन्तर्गत टोखा नगरपालिकाले ग्राण्डी हस्पिटल र अल नेपाल हस्पिटलमा ६०- ६४ बर्ष उमेरका जेष्ठ नगारिक आमा बुबाहरुको लागि यहि जेठ २५ गते बिहान १० बजेदेखि खोप संचालन गर्ने भएकोले  आफ्ना उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यलयको सिफारिस लिएर आफुलाई पाएक पर्ने स्थानमा आई खोपको सुबिधा लिनुहुन टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरवासी जेष्ठ नागरिक आमा बुबाहरुमा अनुरोध गर्नुभएको छ।

    यहि जेठ २५ गते बिहान १० बजेदेखि खोप लगाउन अनलाइनबाट फर्म भरि सकेकाहरुलाई टोखा नगरपालिकाले मोबाइलमा मेसेज पठाइन्छ भने फर्म नभरेकाहरु कागजात लिइ २ बजेबाट खोप केन्द्रमा गएर खोप लिनुहुनको लागि पनि टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले हार्दिक अनुरोध गर्नुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै