टाेखालाइभ डट कम / जेठ २१ ,२०७८
टोखा नगरपालिकामा संक्रमितको संख्या निरन्तर घट्नेक्रम जारी रहेको छ। टाेखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप ८२ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ५४९ जना रहेको छ।
टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३१३१ जना र पुरूष संख्या ३८२६ जना गरि ६९५७ जना संक्रमित रहेकोमा निको भएको संख्या ६३८६ जना पुगेको छ।
टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार वडा २, मंगलबार वडा ११ र शुक्रबार वडा ५ संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो जेठ २० गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २२३ र पुरूष संख्या २५९ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ६ र पुरूष संख्या १४ जना र अन्य महिला १६ र पुरुष ३१ गरि जम्मा ५४९ जना सक्रिय संक्रमित रहेको छ।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो जेठ २० गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २४ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा ११३ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा ७३जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ६३ जना र वर्ष ६० देखि माथि ६७ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।
संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १९७९ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५३८जना पुगेको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।
टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जनाको मृत्यु भैसकेको छ ।टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १० जना संक्रमित रहेको छ
जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ६३८६ जना पुगेको छ । हिजो मात्रै ८२ जना निको भएर थप ३८ जना डिस्चार्ज भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।


