• Sanu Raj Dangol

    • १९ जेष्ठ २०७८, बुधबार २१:५०

    प्रशंसा सामाजिक सेवाद्वारा टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई अत्यावश्यक औषधि सहयोग:-

    टाेखा लाइभ डट कम / जेठ १९ ,२०७८
    प्रशंसा सामाजिक सेवाले टोखा चन्डेश्वरी आइसोलेशन केन्द्रलाई कोभिड बिरामीको लागि अति आवश्यक औषधि सहयोग गर्नु भएको छ।

    टोखा चन्डेश्वरी आइसोलेशन केन्द्रलाई अत्यावश्यक औषधि सहयोग प्राप्त भएपछि  संस्थाका सम्पुर्ण टिमलाई टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले हार्दिक आभार प्रकट गर्नुहुदै  यस किसिमको सहयोगले आइसोलेसनमा रहेका कोभिडका बिरामीलाई महत्त्वपूर्ण उर्जा दिने भएकाले आइसोलेसनमा रहेका बिरामी चाडै निको होस् भन्ने कामना सहित सम्पुर्ण सहयोगी हातहरुलाई  धन्यवाद व्यक्त गर्नुभयो।

    प्रशंसा सामाजिक सेवाले टोखा चन्डेश्वरी आइसोलेशन केन्द्रलाई कोभिड बिरामीको लागि अत्यावश्यक  औषधि सहयोग गर्नु भएको सो अवसरमा टाेखा नगरपालिका वडा २ का वडाध्यक्ष दिपकराज जोशी , टाेखा नगरपालिका वडा ७ का वडाध्यक्ष नरोत्तम राना, टाेखा कार्यपालिका सदस्य  उर्मिला विक , कल्पना घिमिरे ,टाेखा वडा २ का सदस्यदय हेराकाजी महर्जन , पन्च कुमारी श्रेष्ठ लगायत टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै