• Sanu Raj Dangol

    • १७ जेष्ठ २०७८, सोमबार १९:४७

    टोखा नगरपालिकामा सक्रिय संक्रमित ६५९ जना ,थप ५२ जना निको र ३४ को डिस्चार्ज :-

     

    टाेखालाइभ डट कम / जेठ १७ ,२०७८

    टोखा नगरपालिकामा संक्रमितको संख्या निरन्तर घट्दै गइरहेको छ , पछिल्लो २४ घन्टामा थप ५२ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ६५९ मा झरेको छ।
    टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३०६९ जना र पुरूष संख्या ३७२४ जना गरि ६७९३जना संक्रमित रहेकोमा निको भएको संख्या ६११२ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार वडा २, मंगलबार वडा ११ र शुक्रबार वडा ५ संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार आज जेठ १७ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २७२ र पुरूष संख्या ३०४ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ११ र पुरूष संख्या १९ जना र अन्य महिला २० र पुरुष ३२ गरि जम्मा ६५९ जना सक्रिय संक्रमित रहेको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको आज जेठ १७ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २२ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १३९ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १०३जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ९७ जना र वर्ष ६० देखि माथि ८९ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १८८४ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५२६ जना पुगेको र आज १०६ जना Antigen test ) एन्टिजेन परिक्षण गर्दा ५५ जना पोजिटिभ देखिएको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ६११२ जना पुगेको छ । टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ जना संक्रमित रहेको छ भने १ जनाको मृत्यु भैसकेको छ । आज मात्रै ५२ जना निको भएको र थप ३४ जना डिस्चार्ज भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै