• Sanu Raj Dangol

    • १६ जेष्ठ २०७८, आईतवार १६:५१

    टोखा नगरपालिकामा सक्रिय संक्रमित ७५० जना ,थप १०० जना निको।

    टाेखालाइभ डट कम / जेठ १६ ,२०७८

    टोखा नगरपालिकामा संक्रमितको संख्या निरन्तर घट्दै गइरहेको छ ,हिजो थप १०० जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ७५० मा झरेको छ।
    टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३११४जना र पुरूष संख्या ३७५७ जना गरि ६८७१ जना संक्रमित रहेकोमा निको भएको संख्या ६१०६ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार वडा २, मंगलबार वडा ११ र शुक्रबार वडा ५ संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो जेठ १५ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ३१३ र पुरूष संख्या ३४५ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १४ र पुरूष संख्या २४ जना र अन्य महिला २१ र पुरुष ३१ गरि जम्मा ७५० जना सक्रिय संक्रमित रहेको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो जेठ १५ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २८ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १६६ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा ११४ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ११८ जना र वर्ष ६० देखि माथि १०० जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १७२६ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ४६३ जना पुगेको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ६१०६ जना पुगेको छ । टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १६ जना संक्रमित रहेको छ भने १ जनाको मृत्यु भैसकेको छ भने आइसोलेसन बेड संख्या १८ रहेको र आज मात्रै १०० जना निको भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै