• Sanu Raj Dangol

    • १६ जेष्ठ २०७८, आईतवार ०६:२५

    टोखा-छहरे सुरुङमार्ग यसै बर्ष सुरु हुने:-

    टाेखालाइभ डट कम / जेठ१६,२०७८

    नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो शनिबार आगामी आर्थिक वर्ष ७८/७९को आय व्यय विवरण सार्वजनिक गर्दै यसै वर्षदेखि सुरूङ मार्गको निर्माण सुरू हुने बताएका छन ।
    सरकारले काठमाडौँको टोखादेखि नुवाकोटको छहरे बजारसम्मको सुरूङ मार्गको निर्माणको काम यसै वर्ष सुरू गर्ने भएको छ । त्यसको लागि यसै वर्ष डिपिआर सकेर सुरूङको निर्णमा सुरू गरिने बताउदै आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो शनिबार आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत भनेका छन् “बृहत काठमाण्डौंको अवधारणा बमोजिम उपत्यकाका आसपासका पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मानचौर, छैमले, दक्षिणकाली, चित्लाङ, लामिडाँडा, धुनिबेशी, बिदुर त्रिशुली करिडोर, थानसिङ क्षेत्रमा शहरी पूर्वाधार विकास गरिने ।”

    त्यस्तै नुवाकोटको लिखु गाँउपालीका स्थीत थानसिङ र आसपासको (भद्रुटार/कबिलास) फाँट क्षेत्रमा शहरी पुर्वाधारको बिकास गरिने भएको छ । अर्थमन्त्री पौडेलले बजेट भाषण मार्फत बिदुर-त्रिशुली करिडोर अन्तर्गतको थानसिङ क्षेत्रमा शहरी पूर्वाधार विकास गरिने बताए ।

    रासनभत्ता १५ प्रतिशत वृद्धि हुने

    विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न नसकेको  गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो । तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ । हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुन्छ ।
    नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।
    नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापात भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत रासन नै लिने गर्दछन् ।

    कर्मचारीको तलब बढ्यो

    सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो ।यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ ।

    वृद्धि भएको तलब अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै