टाेखालाइभ डट कम / जेठ १५ ,२०७८
टोखा नगरपालिकामा संक्रमितको दर घट्दै गइरहेको छ ,हिजो थप ६७ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ७७२ जना पुगेको छ।
टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३०८२ जना र पुरूष संख्या ३७११ जना गरि ६७९३ जना संक्रमित रहेकोमा निको भएको संख्या ६००६ जना पुगेको छ।
टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो जेठ १४ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ३१६ र पुरूष संख्या ३४८ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १५ र पुरूष संख्या २३ जना र अन्य महिला २८ र पुरुष ४२ गरि जम्मा ७७२ जना सक्रिय संक्रमित रहेको छ।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो जेठ १४ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २४ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १७५ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १३० जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा १२२ जना र वर्ष ६० देखि माथि ९८ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।
संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १७२६ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ४६३ जना पुगेको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।
टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने जम्मा कोभिडवाट संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ६००६ जना पुगेको छ । टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १६ जना संक्रमित रहेको छ भने १ जनाको मृत्यु भैसकेको छ । आज ९० जनामा Antigen test ) एन्टिजेन परिक्षण गर्दा २६ जना संक्रमित पत्ता लागेको र आज मात्रै ६७ जना निको भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।


