• Sanu Raj Dangol

    • १५ जेष्ठ २०७८, शनिबार १६:१०

    बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाद्वारा टाेखा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग:-

    टाेखालाइभ डट कम / जेठ १५,२०७८

    बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाद्वारा आज टाेखा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ।

    आफ्नो सुविधाको सवारी साधन जनसेवामा दिएका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले आज टाेखा चण्डेश्वरी प्रादेशिक अस्पताल प्राङ्गणमामा टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो।

     

    काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित भएका प्रदेस सभा सदस्य निरौलाले टाेखा नगर प्रमुख प्रकाश अधिकारीलाई ४० लिटर स्यानीटाइजर,४ हजार मास्क,१२५ थान एन्टीजेन परिक्षण किट र ४ वटा अक्सिमिटर हस्तान्तरण गरेका थिए।

    बागमती प्रदेश मध्य एक टाेखा चण्डेश्वरी प्रादेशिक अस्पताल टाेखा नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै निरौलाले कोरोना प्रकोपको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो।

    टाेखा चण्डेश्वरी प्रादेशिक अस्पतालको प्रांगणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सो अवसरमा टाेखा
    नगरपालिका प्रमुख प्रकाश अधिकारी ,टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल ,टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल, टाेखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना,नेकपा एमाले टाेखा नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोल, नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल , लगायत चण्डेश्वरी प्रादेशिक अस्पतालका डाक्टर,नर्स, लगायतको उपस्थिति रहेको थियो।

    काठमाण्डौ जिल्लाका तिन स्थानीय तह रहेको प्रदेस निर्वाचन क्षेत्रको बुढानिलकण्ठ नगरपालिकामा कोरोना प्रकोपको नियन्त्रणका लागि मुख्य सचेतक निरौलाले नगर प्रमुख उद्दव खरेललाई हिजो ४० लिटर स्यानीटाइजर,४ हजार मास्क,१२५ थान एन्टीजेन परिक्षण किट र ४ वटा अक्सिमिटर हस्तान्तरण गरेका थिए।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै