• Sanu Raj Dangol

    • ९ जेष्ठ २०७८, आईतवार १९:०४

    टोखा नगरपालिकामा संक्रमितको दर घट्दो ,थप १४९ जना निको ,२२ जना डिस्चार्ज:-

     

    टाेखालाइभ डट कम / जेठ ९ ,२०७८

    टोखा नगरपालिकामा संक्रमितको दर घट्दै गइरहेको छ ,
    आज थप १४९ जना निको भएको छ भने २२जना डिस्चार्ज भएको छ। सक्रिय संक्रमितको संख्या ९४४ जना पुगेको छ। टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २९११ जना र पुरूष संख्या ३५३४ जना गरि ६४४५ जना संक्रमित रहेकोमा निको भएको संख्या ५४८६ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार आज जेठ ९ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ३७१ र पुरूष संख्या ४०९ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १५ र पुरूष संख्या १९ जना र अन्य महिला ६४ र पुरुष ७४ गरि जम्मा ९४४ जना सक्रिय संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको आज जेठ ९ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २६ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा २१३जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १५० जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा १४६ जना र वर्ष ६० देखि माथि ११५ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७७६ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १५१८ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ४२७ जना पुगेका छन् ।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ५४८६ जना पुगेको छ । टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १६ जना संक्रमित रहेको छ भने २२जना डिस्चार्ज भएको र १ जनाको मृत्यु भैसकेको छ भने आज ६६ जनामा Antigen test ) एन्टिजेन परिक्षण गरिएकोमा २१ जना संक्रमित पत्ता लागेको र ४५ जना नेगेटिभ आएको र आज मात्रै १४९ जना निको भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    आज टोखा नगरपालिका वडा ६ को ग्रान्डी फुट्सल र टोखा १० को मनोहर मा.बि मा गरि पुरुष ३३३ र महिला ३३९ गरि जम्मा ६७२ जना सहित टाेखा नगरपालिकामा कुल ५५४० लाई भेरोसिल खोपको दोर्सो डोज जनस्वास्थ्यको मापदण्ड अपनाई खोप लगाइ सकिएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै