टाेखालाइभ डट कम /जेष्ठ ७
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा टाेखा निवासी दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन। बिहिबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो ।
बागमती प्रदेश सरकारको प्रादेशिक अस्पतालका रुपमा विस्तार भएको टोखा नगरपालिकाको टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा हाल ५० शैयाको यो अस्पतालमा हाल आइसोलेशन सेन्टर संचालन हुदै आइरहेको छ ।
टोखा नगरपालिकामा बिगत लामो समय देखि टोखा कला संस्कृति उत्थानमा महत्वपूर्ण भुमिका खेल्दै टाेखाको सांस्कृतिक र सामाजिक क्रियाकलापमा प्रत्यक्ष सहभागिता भै विभिन्न संघ संस्था मार्फत सक्रिय रहेका श्रेष्ठले हाल टोखा नगरपालिकाको स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

